Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • कपिलवस्तुका एक वडाध्यक्ष र पत्रकारमा काेराेना संक्रमण

    कपिलवस्तुका एक वडाध्यक्ष र पत्रकारमा काेराेना संक्रमण

    अनलाइन नेपाल
  • शनिबार, १० जेष्ठ २०७७
  • 2.5K
    SHARES

    काठमाडाैं । कपिलवस्तुका एक वडाध्यक्ष र पत्रकारमा काेराेना संक्रमण पुष्टि भएकाे छ ।  शनिवार विहान काेराेना संक्रमणा पुष्टि भएका कपिलवस्तुका ८ जना मध्ये एक जना वडाध्यक्ष र एक जना पत्रकार रहेकाे पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ।

    वाणगंगा नगरपालिकाका एक जना वडाअध्यक्ष र एक जना पत्रकारमा काेराेना संक्रमण पुष्टि भएकाे स्वास्थ्य कार्यालय कपिलवस्तुले जानकारी दिएकाे छ । शुक्रबार मात्र दुई जना पत्रकारलाई कोरोना संक्रमण पुष्टि भएकाे थियो । शनिबार थप ८ जना संक्रमित थपिए मध्ये ६ जना वाणगंगा र २ जना बुद्धभूमिका रहेको पनि स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ।



    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ८ जना नै वाणगंगा नगरपालिकाका भनेपनि स्वास्थ्य कार्यालयले नाम भेरिफाई गर्दा २ जना बुद्धभूमिका रहेको पाइएको कार्यालयका कोरोना फोलक पर्सन कुमार थापाले जानकारी दिए ।



    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार