Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • ग्राण्डी अस्पतालका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि अस्पताल सिल

    ग्राण्डी अस्पतालका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि अस्पताल सिल

    अनलाइन नेपाल
  • शनिबार, १० जेष्ठ २०७७
  • 2.5K
    SHARES

    काठमाडौं । शनिबार बिहान कोरोना संक्रमणको पुष्टि भएका काठमाडौंका पुरुष धापासीस्थित ग्रान्डी अस्पालका कर्मचारी रहेको खुलेको छ  ।

    ग्राण्डी अस्पतालमा कार्यरत  ३५ वर्षीय ती कर्मचारीमा कोरोना पोजेटिभ देखिएपछि अस्पताल सिल गर्न लागिएको छ  ।



    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उनको  सम्पर्कमा आएकाहरुको खोजी  र परीक्षण गर्न  लागि निर्देशन दिएको छ । कन्ट्याक्ट ट्रेसिङका लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको टोलीले काम शुरु गरेको वताइएको छ ।



    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौंका एक व्यक्तिमा कोरोना संक्रमण भएको बताएको थियो । उनी ग्राण्डीका कर्मचारी भएको खुलेको छ ।

    उनको काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएको थियो ।  ग्राण्डी अस्पतालका निर्देशक डा.चक्रराज पाण्डेले अस्पतालमा कोरोना संक्रमित भेटिएको स्वीकार गरेपनि यसबारे थप विवरण दिन चाहेनन्नन ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार