Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • अमेरिकी राष्ट्रपति ट्रम्पलाई ट्वीटमा तथ्य जाँच गर्न आग्रह

    अमेरिकी राष्ट्रपति ट्रम्पलाई ट्वीटमा तथ्य जाँच गर्न आग्रह

    अनलाइन नेपाल
  • बुधबार, १४ जेष्ठ २०७७
  • 2.2K
    SHARES

    काठमाडौं । अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पको ट्वीटलाई ‘तथ्य जाँच चेतावनी’को सामाजिक सञ्जाल ट्वीटरले ट्याग लगाएको छ । ट्रम्पले इमेल मार्फत गरिने मतपत्रहरु ठग्ने जालसाजीभन्दा कम नभएको भन्दै ट्वीट गरेपछि ट्वीटरले उक्त पोस्टको मुनि निलो रङ्गको एक चेतावनी लेबल राखेको छ ।



    ट्वीटरले ट्रम्पको पोष्टमा पहिलोपटक तथ्य जाँचको लेबल दिएको हो । ट्रम्पले मेल मार्फत मतदान गरिने मतपत्रहरूको बैधताको बारेमा धेरै असह्य दावी गरेका भन्दै ट्वीटरमा आलोचना पनि भएको छ ।



    यसैबीच ट्वीटरको ‘तथ्य जाँच चेतावनी’ लाई ट्रम्पले आगामी राष्ट्रपतीय चुनावमा ट्वीटरले गर्न खोजेको हस्तक्षेपको संज्ञा दिएका छन् । उनले ट्वीटरमार्फत नै उक्त ‘तथ्य जाँच चेतावनी’ को जवाफ दिदै ट्वीटरले सीएनएन र वासिङ्टन पोष्टका गलत समाचारका आधारमा राष्ट्रपतीय चुनावमा हस्तक्षेप गर्ने नियतसाथ ‘तथ्य जाँच चेतावनी’ दिएको उल्लेख गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार