Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • फेसबुक र इन्स्टाग्रामबाट अमेरिकी पूर्वराष्ट्रपति ट्रम्प प्रतिबन्धित

    फेसबुक र इन्स्टाग्रामबाट अमेरिकी पूर्वराष्ट्रपति ट्रम्प प्रतिबन्धित

    अनलाइन नेपाल
  • शनिबार, २२ जेष्ठ २०७८
  • 1.6K
    SHARES

    एजेन्सी । फेसबुकले अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको फेसबुक तथा इन्स्टाग्राम एकाउन्ट दुई वर्षका लागि निलम्बित गर्ने निर्णय गरेको छ ।

    गत जनवरीमा ट्रम्पमाथि फेसबुक र इन्स्टाग्राममा अनिश्चितकालका लागि प्रतिबन्ध लगाइएको थियो । जनवरी ६ मा संसद भवनमा भएको हिंसात्मक आक्रमणका लागि उक्साएको अभियोगमा उनीमाथि प्रतिबन्ध लागेको थियो ।



    गत महिना फेसबुकको ओभरसाइट बोर्डले अनिश्चितकालीन कारवाहीको विरोध गरेको थियो ।



    फेसबुकले गरेको निर्णय गत वर्ष सम्पन्न निर्वाचनमा मतदान गर्ने आफ्ना दशौँ लाख मतदाताको अपमान भएको प्रतिक्रिया आएको छ । ट्रम्पमाथि लागेको दुई वर्षको प्रतिबन्ध गत जनवरी ७ तारिखदेखि नै गणना हुने फेसबुकले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार