Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • प्रदेश २ मा काेराेनाकाे कहर: एकैदिन थपिए ४५ संक्रमित

    प्रदेश २ मा काेराेनाकाे कहर: एकैदिन थपिए ४५ संक्रमित

    अनलाइन नेपाल
  • बुधबार, १४ जेष्ठ २०७७
  • 1.9K
    SHARES

    काठमाडौं । भारतबाट भित्रिनेकाे संख्या बढेसँगै प्रदेश २ मा काेराेना संक्रमितकाे संख्या ह्वात्तै बढेकाे छ। प्रदेश २ मा बुधबार मात्रै ४५ जना कोरोना संक्रमित थपिएका छन् ।

    राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र हेटौंडा प्रयोगशालामा गरिएको परीक्षणको क्रममा ४५ जनाको रिपोर्ट पोजेटिभ आएको हो । रौतहटको गौर, इशनाथ, देवाही गोनाही, कटहरीया र गढीमाई नगरपालिकाका व्यक्तिमा संक्रमण पुष्टि भएको हो ।



    रौतहटको इशनाथका १६, गौरका ८, गढीमाई नगरपालिकाका ७, देवाही गोनाही नगरपालिकाका र कटहरीया नगरपालिकाका २/२ जनामा संक्रमण पुष्टि भएको हो । राैतहटका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेका अनुसार संक्रमण पुष्टि भएकाहरु सबै भारतबाट आएका हुन् ।



    त्यस्तै बाराको पचरौता–१ स्थित पीपरपाती मावि क्वारेन्टाइनमा रहेका ८ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये एक जना ४१ रौतहटका बासिन्दा हुन् । सिराहाको सिद्धिचरण १० का ३९ वर्षीय पुरुष र रुपाली २ का ३५ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

    ३८ जनाको स्वाब टेकुस्थित प्रयोगशालामा परीक्षण गरिएको थियो भने बाँकी ७ जनाको हेटौंडाको प्रयोगशालामा परीक्षण गरिएको हो । संक्रमितहरूमध्ये रौतहटका मात्रै ३५ जना रहेका छन् ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार