Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • डाक्टरहरुलाई गाली गर्ने स्वास्थ्य सचिव कोइराला प्रधानमन्त्री कार्यालय तानिए

    डाक्टरहरुलाई गाली गर्ने स्वास्थ्य सचिव कोइराला प्रधानमन्त्री कार्यालय तानिए

    अनलाइन नेपाल
  • बिहिबार, १५ जेष्ठ २०७७
  • 2K
    SHARES

    काठमाडौं । सरकारले स्वास्थ्य सचिव यादव कोइरालालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरूवा गरेको छ।

    सचिव कोइरालाको सरूवा भएपछि प्रधानमन्त्री कार्यालयका सचिव लक्ष्मण अर्याललाई स्वास्थ्य मन्त्रालय पठाइएको छ।



    कोइराला तीन महिना अगाडि स्वास्थ्य सचिव बनेका थिए।



    कोरोना संक्रमणका बेला राम्रो काम गर्न नसकेको आरोप खेपेका कोइरालाको डाक्टरहरुलाई गाली गरेको भन्दै आलोचना समेत भएको थियो ।

    यस अघि पनि सचिव कोइरालाको स्वास्थ्य मन्त्रालयको कर्मचारीहरुसँग पटक–पटक विवाद भएको समाचार आएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार