Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • १ जना सचिव र ९ अधिकृतको सरुवा, तीन सहसचिव सचिवमा बढुवा

    १ जना सचिव र ९ अधिकृतको सरुवा, तीन सहसचिव सचिवमा बढुवा

    अनलाइन नेपाल
  • शुक्रबार, ६ चैत्र २०७७
  • 4.3K
    SHARES

    फाइल फोटो

    काठमाडौं । तीन सहसचिव सचिवमा बढुवा हुने भएका छन् । न्याय सेवा आयोगको विहिबार बसेको बैठकले बढुवा सिफारिस गरेको हो ​।

    त्यससँगसैग बैठकले न्याय सेवाका एक जना सचिवको भने सरुवा गरेको छ । बैठकले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा सत्य निरुपण तथा मेलमिलाप आयोगमा कार्यरत उदयराज सापकोटाको सरुवा गरेको हो ।



    मन्त्रालयका सचिव ऋषि राजभण्डारी न्यायाधीशमा सिफारिस भएसँगै सचिव पद रिक्त थियो । सापकोटा थिए ।



    त्यस्तै सहन्यायाधिवक्ता श्याम कुमार भट्टराई र उर्जा मन्त्रालयका सहसचिव तोयानाथ अधिकारीको सचिव बढुवामा सिफारिस भएको छ भने लोक सेवा आयोगका अध्यक्ष उमेश प्रसाद मैनालीको नेतृत्वमा रहेको बढुवा समितिले एक जना सचिव बढुवाका लागि सहसचिव डा. मुकुन्द प्रसाद पौड्याल, दामोदर रेग्मी र गणेशप्रसाद पाण्डेको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको हो ।

    सचिवको एक रिक्त पदमा तीन जनाको नाम सिफारिस भएको हो । बैठकले न्याय तथा सरकारी वकिल समूहका केही उपसचिव र अधिकृतको पनि सरुवा गरेको छ ।

    बढुवाका लागि सिफरिस भएका सहसचिवमध्ये पौड्याल राष्ट्रिय सूचना आयोगमा, रेग्मी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा र पाण्डे उद्योग वाणिज्य तथा आपुर्ती मन्त्रालयमामा कार्यरत छन् ।

    तीन जनामध्ये एक जनालाई मन्त्रिपरिषद् बैठकले सचिवमा बढुवा गर्नेछ। पौड्याल यसअघि दुइ पटक बढुवाका लागि सिफारिस भइसकेका व्यक्ति हुन् ।

    चैत दुइ गते गण्डकी प्रदेश प्रमुख सचिवबाट बिष्णु प्रसाद नेपालले अवकाश पाएपछि एक सचिवको पद रिक्त छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार