Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • एक सचिव बढुवाका लागि तीन सहसचिवको नाम सिफारिस

    एक सचिव बढुवाका लागि तीन सहसचिवको नाम सिफारिस

    अनलाइन नेपाल
  • सोमबार, ११ भाद्र २०८०
  • 2.2K
    SHARES

    काठमाडौं । नेपाल सरकारको रिक्त रहेको एक सचिव पदमा बढुवाका लागि तीनजना सहसचिवको नाम सिफारिस भएको छ ।

    सिंहदरबारमा सोमबार बसेको सचिव बढुवा सिफारिस समितिको बैठकले दिनेशकुमार घिमिरे, राधिका अर्याल र चुडामणि पौडेललाई सचिवमा बढुवाका लागि सिफारिस गरेको हो ।



    ३ जनामध्ये घिमिरे वरिष्ठतामा अघि छन् । यसअघि पनि उनको नाम पटक-पटक सचिवका लागि सिफारिस हुँदै आएको छ । हाल उनी चीनको छेङ्दुस्थित महावाािण्ज्यदूतावासमा महावाणिज्य दूतका रुपमा कार्यरत छन् ।



    सहसचिव अर्याल उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा प्रवक्ताको समेत जिम्मेवारीमा छिन् । पौडेल भने शिक्षा तथा मानव स्रोत विकास केन्द्रको महानिर्देशक छन् । तीनजनामध्येबाट मन्त्रिपरिषद बैठकले एक जनालाई सचिव नियुक्त गर्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार