Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • २ जना सहसचिवको सचिवमा बढुवा

    २ जना सहसचिवको सचिवमा बढुवा

    अनलाइन नेपाल
  • बिहिबार, १९ साउन २०७९
  • 1.7K
    SHARES

    काठमाडौं । सरकारले २ जना सहसचिवलाई सचिवमा बढुवा गरेको छ ।

    बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रशासनतर्फ सहसचिव डा.दीपक काफ्ले र लेखापरीक्षणतर्फ सहसचिव बिन्दु बिष्टलाई सचिवमा बढुवा गरेको हो ।



    लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा आइतबार सिंहदरबारमा बसेको सचिव बढुवा सिफारिस समितिको बैठकले रिक्त २ सचिवमा बढुवाका लागि ४ जना सहसचिवको नाम सिफारिस गरेको थियो ।



    समितिले प्रशासनतर्फ रिक्त एक सचिवमा बढुवाका लागि ३ जना सहसचिवको नाम र लेखापरीक्षणतर्फ रिक्त एक सचिव बढुवाका लागि एक जनाको मात्रै नाम सिफारिस गरेको थियो ।

    प्रशासनतर्फ सचिव बढुवाका लागि कार्य सम्पादन मूल्याङ्कनका आधारमा पहिलो नम्बरमा काफ्ले, दोस्रो नम्बरमा नारायण शर्मा र तेस्रो नम्बरमा दिनेश घिमिरे सिफारिस भएका थिए । लेखापरीक्षणतर्फ सचिव बढुवाका लागि ज्येष्ठताका आधारमा विष्टको मात्रै नाम सिफारिस भएको थियो ।

    मन्त्रिपरिषद् बैठकले प्रशासनतर्फ पहिलो नम्बरमा सिफारिस भएका काफ्लेलाई नै सचिवमा बढुवा गरेको छ । लेखापरीक्षणतर्फ ज्येष्ठताका आधारमा एकल सिफारिस भएका बिष्टलाई बढुवा गरेको हो ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार