Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

'असन चोकमा उभिए जस्तो आगामी आर्थिक वर्षको बजेट'

काठमाडौं- पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले असन चोकमा उभिए जस्तो आगामी आर्थिक वर्षको बजेट अाएकाे बताएका छन्।

नेपाल आर्थिक पत्रकार समाज सेजनसँगको वेबमा आधारित पोस्ट बजेट छलफल कार्यक्रममा पूर्व प्रधानमन्त्री भट्टराईले आगामी आर्थिक वर्षको बजेट पुरातनवादी सोचबाट बाहिर निस्कन नसकेको र कुनै स्पष्ट वैचारिक धारबाट जान नसकेको बताए।

‘अहिलेको बजेट समाजवाद उन्मुख जस्तो पनि छैन र बजारवाद उन्मुख जस्तो पनि छैन। यो त असन बजारमा उभिएजस्तो भयो। कहाँ र कुन बाटोमा जाने भन्नेमा अर्थमन्त्री अझै अल्मलिएको देखियो,’ उनले भने।

अहिलेको विषय परिस्थितिमा गुणात्मक सुधार र क्रमभंगताको अपेक्षा राखिएको बेला पुरानै शैलीको निरन्तरताका रुपमा बजेट आएको उनकाे भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077