Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • भारतको एम्स अस्पतालकै २०६ जना स्वास्थ्यकर्मी कोरोनाबाट संक्रमित

    भारतको एम्स अस्पतालकै २०६ जना स्वास्थ्यकर्मी कोरोनाबाट संक्रमित

    अनलाइन नेपाल
  • शुक्रबार, १६ जेष्ठ २०७७
  • 3.5K
    SHARES

    एजेन्सी । भारतमा पछिल्लो समय भुसको आगो झै कोरोना भाइरस (कोभिड-१९ ) संक्रमण फैलिएको छ।  शुक्रबारसम्म एक लाख ६५ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ भने चार हजार ७०८ जनाको मृत्यु भएको छ ।

    भारतमा विगत २४ घण्टामा सात हजार ४६६ व्यक्तिमा संक्रमण पुष्टि भएको छ भने १७५ जनाले ज्यान गुमाएका छन् ।



    राजधानी नयाँ दिल्लीस्थित  अल इन्डिया इन्स्टिच्युड (एम्स)मा कोरोनाबाट अहिलेसम्म संक्रमित स्वास्थ्यकर्मीको संख्या २०६ पुगेको  छ । शुक्रबार सार्वजनिक रिपोर्टअनुसार अस्पतालका ११ कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने बिहीबार ३० स्वास्थ्यकर्मी संक्रमित भएका थिए ।



    एम्सको पछिल्लो तथ्याङ्क अनुसार संक्रमित कर्मचारीमा चिकित्सक तथा गैर–चिकित्सक दुबै रहेका छन् । संक्रमितमध्ये १० आवासीय चिकित्सक, २६ नर्स र ६९ जना सुरक्षा गार्ड साथै ३४ जना सरसफाइसम्बन्धी काम गर्ने कर्मचारी रहेको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार