Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • अघिल्ला बजेटमा नै एमसीसी स्वीकृत भइसकेकाे खुलासा!

    अघिल्ला बजेटमा नै एमसीसी स्वीकृत भइसकेकाे खुलासा!

    अनलाइन नेपाल
  • शनिबार, १७ जेष्ठ २०७७
  • 2.3K
    SHARES

    फाइल फोटो

    काठमाडौं । सत्तारुढ नेकपामा सरकारले बजेट वक्तव्यमा अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) परियोजनाकोअनुदान रकम घुसाएको भनेर वादविवाद भइरहेकाे बेला अघिल्ला बजेटमा नै एमसीसी स्वीकृत भइसकेकाे खुलासा भएकाे छ। विवाद समाधानका लागि शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेकाे नेकपा सचिवालय बैठकमा उक्त कुराकाे खुलासा भएकाे हाे

    नेकपा सचिवालयका बहुमत सदस्य एमसीसी जस्ताको त्यस्तै पारित गर्न नहुने अडानमा छन् । तर, शनिबारको सचिवालय बैठकमा संस्थापन पक्षका नेताहरुले एमसीसी सहयोग अघिल्ला आर्थिक वर्षमै संसदबाट स्वीकृत भैसकेको रोचक कुरा समुन्ने अाएकाे छ।



    एमसीसी पारित गर्नुपर्छ भन्ने पक्षका एक सचिवालय सदस्यका अनुसार एमसीसीको अनुदान रकम बजेट वक्तव्यमा उल्लेख भएको भने यो तेस्रोपटक भइसक्यो । बजेट वक्तव्यमा लगातार पर्दै आएको विषयलाई तेस्रो वर्षमा आएर बखेडा झिकिएको ती नेताको तर्क छ ।



    अर्थमन्त्री डा.युवराज खतिवडाले पेश गरेको पहिलो बजेट आव २०७५/७६ मै बैदेशिक सहयता तथा ऋण अनुदान शीर्षकमा अमेरिकी सहयताभित्र मिलेनियम च्यालेन्ज कोअपरशेन (एमसीसी)को ५ अर्ब अनुदान उल्लेख भई पारित भएको ती नेताले बताए ।

    सचिवालय बैठकमा नेकपाको एमसीसी कार्यदलका सदस्य रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भीम रावलका साथै अर्थमन्त्री डा. युवराज खतिवडालाई पनि निम्त्याइएको थियाे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार