Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • एमसीसी प्रसारण लाइनको तीनवटै टेन्डर रद्द हुने

    एमसीसी प्रसारण लाइनको तीनवटै टेन्डर रद्द हुने

    अनलाइन नेपाल
  • शुक्रबार, २६ असोज २०८०
  • 1K
    SHARES

    काठमाडौं । अमेरिकी अनुदान रहेको कार्यक्रम एमसीसीअन्तर्गतका विद्युत प्रसारण लाइनसम्बन्धी तीनवटै प्याकेजका ठेक्का रद्द हुने भएको छ ।

    एमसिए नेपालले गरेको अनुमानित लागत भन्दा ६१ प्रतिशत महँगो न्यूनतम लागत परेपछि अन्ततः यो टेन्डर नै रद्द हुने भएको हो ।



    एमसीसी परियोजना अन्तर्गतको प्रसारणलाइन निर्माणका लागि तीन लटमा विभाजन गरेर अघि बढाइएको ठेक्का प्रक्रियामा गत जेठ ८ गते टेन्डर खुला गरिएको थियो।



    स्रोतका अनुसार बिहीबार बसेको एमसिसी र एमसिए नेपालको प्राविधिक बैठकमा एमसिसीका अधिकारीले ठेक्का रद्द गर्नुपर्ने बताएका हुन्।

    अब औपचारिक रूपमा एमसिए नेपालले सूचना जारी गरेसँगै टेन्डर रद्द हुने छ । अब बोलपत्रसम्बन्धी नयाँ सूचना चाँडै निकाल्ने तयारी गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार