Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • भारतमा कोरोना संक्रमितको संख्या बढेपनि लकडाउन खुकुलो बनाउने निर्णय

    भारतमा कोरोना संक्रमितको संख्या बढेपनि लकडाउन खुकुलो बनाउने निर्णय

    अनलाइन नेपाल
  • शनिबार, १७ जेष्ठ २०७७
  • 3K
    SHARES

    फाइल तस्बिर

    काठमाडौं । भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दिनहु बढेपनि  लकडाउन खुकलो बनाउने निर्णय गरिएको छ ।

    भारतले तीन चरणमा गरेर  लकडाउन खोल्ने निर्णय गरेको हो ।



    पहिलो चरणमा ८ जुन देखि होटल, रेस्टुरेन्ट तथा सपिङ मल खोल्ने निर्णय गरेको छ । त्यस्तै मन्दिर, मस्जिद तथा चर्चहरु पनि खुल्नेछ । तर, स्वास्थ्य सुरक्षासम्बन्धि मापदण्ड पालना गर्नुपर्ने छ ।



    त्यस्तै दोस्रो चरणमा स्कुल तथा कलेज खुल्ने छन् । तेस्रो चरणमा सार्वजनिक यातायात, फिल्म हल लगायत सुचारु गर्न लागिएको छ ।

    भारतमा पछिल्लो समय भुसको आगो झै कोरोना भाइरस  संक्रमण फैलिएको छ। अहिलेसम्म  १ लाख ७३ हजार भन्दा बढीमा संक्रमण पुष्टि भएको छ भने ४ हजार ९ सय ७१ जनाको  मृत्यु भएको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार