Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आगामी बजेटकाे प्रथामिकता: कोरोना महामारी नियन्त्रण र उत्पादन बढाउने लक्ष्य

काठमाडौं । सत्तारुढ नेकपाका महासचिव तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले आगामी बजेटकाे प्रथामिकतामा कोरोना महामारी नियन्त्रण र उत्पादन बढाउने लक्ष्य रहेकाे बताएका छन्।
उनले सरकार कोरोना नियन्त्रण गर्दै आर्थिक क्रियाकलाप तथा उत्पादनमा केन्द्रित हुने बताए ।

प्रतिनिधिसभामा बजेटमाथि छलफलमा भाग लिदै महासचिव पौडेलले कोभिड १९ महामारी नियन्त्रण मुख्य अभिभारा भए पनि महामारी सकिएको भोलिपल्ट केही पनि गर्न नसक्ने अवस्थामा देश पुग्न हुने बताए । त्यसैले अबको कार्यभार महामारीमा केन्द्रित हुँदै आर्थिक गतिविधि र उत्पादनलाई निरन्तरता दिनु रहेको बताए ।

बजेट यथार्थको जगमा उभिएर आएको भन्दै महासचिव पौडेलले बजेटको मुख्य स्रोत आन्तरिक राजश्व नै रहेको दावी गरे । उनले स्रोत व्यवस्थापनको दृष्टिले बजेट यथार्थपरक रहेको भन्दै सरकार लोकल्याणकारी राज्यको अवधारणबाट पछि नहटेको समेत दावी गरे ।

पूर्व अर्थमन्त्री पौडेलले भने ‘मान्छे बरु कोरोनाले मर्न तयार छ तर भोकै मर्न कोही तयार हुन्न । कोरोनाले उत्पन्न समस्यालाई बजेटले प्राथमिकता दिएको छ । आर्थिक गतिविधि र उत्पादन बृद्धिमा निरन्तरा दिएनौं भने कोरोना सकिएको भोलिपल्ट केही गर्न नसक्ने अवस्थामा पुग्छौं । बजेट त्यसमा केन्द्रित छ ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077