Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

'सरकारले प्रक्षेपण गरेअनुसार आगामी आर्थिक बर्षमा राजश्व असुल हुँदैन'

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका समानुपातिक सांसद विनोद चौधरीले सरकारले प्रक्षेपण गरे अनुसार आगामी आर्थिक बर्षमा राजश्व संकलन हुन नसक्ने बताएका छन् ।प्रतिनिधिसभाको आइतबारको बैठकमा उनले १० खर्बको राजश्व संकलन हुने सरकारको प्रक्षेपण सफल नहुने बताए।

सरकारको आगामी आर्थिक बर्षको बजेटमा ‘चालु आर्थिक बर्षमा ८ खर्ब राजश्व उठाएको भए पनि आगामी बर्ष १० खर्ब (केन्द्र, प्रदेश र स्थानीय तहमा जानेसमेत) रुपैयाँको राजश्व प्रक्षेपण’ गरिएको उल्लेख गर्दे उनले बजेटमा अपेक्षा गरिएअनुसार राजश्व संकलन हुन नसक्ने दाबी गरे ।

उद्योगी चौधरीले बजार बन्द, यातायात बन्द, भएकाले उत्पादन बजार पुर्याउन नसकिएको अवस्थामा उत्पादन र बजारको श्रृंङ्खलालाई कायम गर्न नसक्दा भविष्यमा लुटपाट जस्ता विकृति देखा पर्नसक्ने चेतावनी दिए ।

ठूलो रोजगारी सिर्जना गर्न सक्ने क्षेत्र कृषि नै भएकाले भारत र चीनका उत्पादनसंग प्रतिस्पर्धा गर्न सक्ने गरी आवश्यक बजारीकरण र पूर्वाधारको विकास गरी बेरोजगारलाई सीपसँग जोडेर पूँजीको रुपमा बदल्ने काम गर्नु अत्यन्तै आवश्यक रहेको उनले बताए ।

कोरोनाबाट प्रभावित अर्थतन्त्रको पुनरुत्थानका लागि आफूहरुले २ सय ५० अर्बको अनुदान दिन सरकार समक्ष प्रस्ताव राखेको स्मरण गराउदै चौधरीले सरकारले घोषणा गरेको राहत कार्यक्रममा यातयात, शिक्षण, निर्माण र ठूला आयोजना समावेश नभएकाले ती क्षेत्र धरासायी बने बैैकिङ क्षेत्रमा पनि असर पर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077