Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

के कोरोनाका कारण अन्डरवर्ल्ड डन दाउदको मृत्‍यु भएको हो त ?

काठमाडौं। अन्डरवर्ल्ड डन दाउद इब्राहिमको कोरोना भाइरसका कारण मृत्यु भएको भन्ने भारतीय मिडियाहरुको दाबी कतैबाट पनि पुष्टि हुन सकेको छैन।

इन्टेलिजेन्सको हवाला दिँदै शुरुमा भारतीय मिडियाहरुले दाउद र उनकी पत्नी कोरोना भाइरसबाट संक्रमित भएको र पाकिस्तानको कराचीस्थित आर्मी अस्पतालमा उपचार भइरहेको लेखेका थिए ।

शनिबार उनको मृत्यु भएको दावीसहितका समाचार प्रकाशित भए । तर,यसको पुष्टि भने कतैबाट भएको छैन ।  दाउदका भाइ अनिसले दाउद संक्रमित भएको खबर गलत भएको बताएपछि अहिले भारतीय मिडियाहरु दाउदको मृत्‍युको बारेमा पुष्टि हुन नसकेको भन्दै समाचार दिन थालेका छन्।

दाउदका भाइ अनिसले डी कम्पनीले दुबइ र पाकिस्तानमा व्यवसाय गरिरहेको र अनिसले नै अहिले दाउदको डी कम्पनीको सबै कामहरु हेर्ने गरेको भारतीय मिडियाहरु उल्लेख गर्छन्।

पाकिस्तानको कराचीस्थित क्लिफ्टन शहरमा बस्ने दाउद र उनकी पत्नी कोरोना संक्रमित भएको र दुवैको कराचीस्थित आर्मी अस्पतालमा उपचार भइरहेको समाचार भारतीय मिडियाहरुले प्राथमिकताका साथ छापेका थिए।  पाकिस्तानी सेनाको इन्टेलिजेन्स युनिट र पाकिस्तानी गुप्तचर संस्था आइएसआइले दाउदलाई संरक्षण गरेको भारतीय मिडियाहरुले वताउने गरे पनि पाकिस्तानले भने त्यो गलत कुरा भन्दै खन्डन गर्दै आएको छ।

दाउदको स्वास्थ्यका विषयमा समाचार एजेन्सीले उनका भाइ अनिससँग कुरा गरेपनि अनिस कहाँ छन् भन्ने प्रस्ट छैन। दाउदको परिवारको कुनै पनि सदस्य संक्रमित नभएको दावी गर्दै अनिसको भनाइ पनि भारतीय मिडियाहरुमा प्रकाशित भएका छन् ।

दाउद र उनका दाहिने हात मानिने छोटा शकील स्वस्थ रहेको, कोही पनि कोरोना पोजेटिभ नरहेको र कोही पनि अस्पतालमा नभएको बताएका थिए ।

सन १९९३ मुम्बइ सिरियल बम विष्फोटका नाइके दाउद इब्राहिममाथि भारतले जाली नोटको कारोबार, सुन तस्करी,लागू औशधको कारोबार गर्दै आएको आरोप लगाउंदै आएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077