Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

इजरायल–इरान तत्काल युद्धविराम चाहन्छन् : ट्रम्प

इजरायल–इरान तत्काल युद्धविराम चाहन्छन् : ट्रम्प

मंगलवार , जेठ २६, २०८३

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र इरानबीच पुनः चर्किएको सैन्य तनावका बीच दुवै देश तत्काल युद्धविरामको पक्षमा रहेको दाबी गरेका छन् ।

दुई महिनाअघि भएको युद्धविरामपछि पहिलोपटक आइतबार दुवै पक्षले एकअर्काविरुद्ध व्यापक हवाई आक्रमण गरेपछि राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसल मार्फत युद्ध रोक्न आग्रह गरेका हुन्।

“इजरायल र इरान दुवै तत्काल युद्धविराम चाहन्छन्,” ट्रम्पले लेखेका छन्। उनले शान्ति स्थापनाका लागि अन्तिम चरणको वार्ता जारी रहेको उल्लेख गर्दै दुवै पक्षलाई थप सैन्य कारबाही नगर्न आह्वान गरेका छन्।

आइतबारदेखि सोमबार बिहानसम्म इरानले इजरायलमाथि क्षेप्यास्त्र आक्रमण गरेको थियो। त्यसको जवाफमा इजरायलले इरानभित्र रहेका सैन्य संरचना तथा रणनीतिक लक्ष्यहरूमा हवाई हमला गरेको जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077