Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

इरानसँगको वार्ताप्रति ट्रम्प असन्तुष्ट, भन्छन् - अन्ततः सम्झौता हुनेमा विश्वस्त छु

इरानसँगको वार्ताप्रति ट्रम्प असन्तुष्ट, भन्छन् - अन्ततः सम्झौता हुनेमा विश्वस्त छु

बिहिवार , जेठ १४, २०८३

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भइरहेको वार्ता हालसम्म अपेक्षा गरेअनुरूप हुन नसकेको टिप्पणी गरेका छन् । यद्यपि, अन्ततः सम्झौता हुनेमा आफू विश्वस्त रहेको पनि उनले बताए । 

वार्ताका विषयमा टिप्पणी गर्दै ट्रम्पले भने, 'इरानसँगको वार्ता अहिलेसम्म सफल हुन सकेको छैन। वर्तमान स्थितिबाट हामी सन्तुष्ट छैनौँ, तर भविष्यमा सकारात्मक परिणाम आउन सक्छ।'

उनले अगाडि थपे, 'या त यो वार्ताको बाटो सफल हुनेछ, अन्यथा हामीले आफैँ अघि बढेर काम पूरा गर्नुपर्ने हुन्छ।' इरानी नेतृत्वको चर्चा गर्दै ट्रम्पले उनीहरू 'कमजोर अवस्था' मा रहेर वार्ता गरिरहेको दाबी गरे।

'हेरौँ के हुन्छ। हुन सक्छ हामीले पुनः कदम चालेर कारबाही पूरा गर्नुपर्ने परिस्थिति आउनेछ, वा सायद यसको आवश्यकता नै पर्ने छैन,' ट्रम्पले भने।

इरानको इस्लामिक गणतन्त्रका नेताहरू सम्झौताका लागि 'निकै उत्सुक' रहेको दाबी समेत उनले गरे।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077