Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भारतीय नाकामा स्थानीयले गुलेलीले आक्रमण गरेपछि सशस्त्र प्रहरीले गोली चलायो

परासी । लकडाउमा भन्सार छलेर भारतबाट सामान ल्याउने क्रममा बादबिबाद हुँदा स्थानीय र सशस्त्र प्रहरीबीच झडप भएको छ ।

पश्चिम नवलपरासीको भारतीय सिमावर्ती बसहीयामा नाकामा भएको झडपमा परी ६ प्रहरी र ४ स्थानीय घाइते भएका छन् ।

अवैधरुपमा सामान नेपालतर्फ पुर्‍याउन खोज्ने समूहलाई रोक्नेक्रममा सशस्त्र प्रहरीमाथि आक्रमण भएपछि प्रहरीले ६ राउन्ड हवाई फायर गरेको एक प्रहरी अधिकारीले वताए।

अहिले  नेपाल भारत सीमा बन्द छ भने उक्त नाकाबाट भन्सार छलेर सामान ल्याउने क्रम बढेपछि सशस्त्र प्रहरीले कडाइ गर्न थालेको छ।  झडपका क्रममा ढुंगामुढा प्रहार हुँदा अस्थायी प्रहरी बिटमा क्षती पुगेको छ ।

रासायनिक मल ल्याउँदा सशस्त्र प्रहरीले रोकेपछि स्थानीयले गुलेलीले आक्रमण गरेका  थिए ।  त्यसपछि गोली चलेको वताइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077