Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • एमसीसीमा ‘मध्यमार्गी’ बाटो खोज्दै नेकपा

    एमसीसीमा ‘मध्यमार्गी’ बाटो खोज्दै नेकपा

    अनलाइन नेपाल
  • सोमबार, २६ जेष्ठ २०७७
  • 2.9K
    SHARES

    फाइल फोटो

    काठमाडौं । सत्तारुढ दल नेकपाले मिलेनियम च्यालेन्सज कर्पाेरेसन (एमसीसी) कम्प्याक्ट सम्झौता बारे टुंगोमा पुग्न पार्टी सचिवालय बैठक बोलाएको छ। पार्टीभित्रै अमेरिकी सहयोग एमसीसी कम्प्याक्ट सम्झौता संसद्बाट अनुमोदन विषयमा विवाद भएपछि यसैको छलफलका लागि बैठक बोलाएको हो। सचिवालय बैठकले एमसीसीमा मध्यमार्गी बाटो निकाल्न सक्ने आकलन नेकपा नेताहरूको छ।

    ‘मंगलबारका लागि बैठक बोलाइएको छ। एजेण्डा बताइएको छैन। सम्भवतः एमसीसी एजेण्डामा छलफल हुन्छ’, बरिष्ठ नेता झलनाथ खनालले भने। महासचिव विष्णु पौडेलले पनि मंगलबार साँझ ४ बजे बैठक बोलाइएको बताए। आइतबार बिहान नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहालबीच बालुवाटारमा भएको वार्तापछि सचिवालय बैठकको मिति तय भएको हो।



    सोमबार बजेटमा मन्त्रीहरूले संसद्मा जवाफ दिनुपर्ने कार्यसूची रहेको र ब्यवस्तता हुने भएपछि मंगलबारका लागि साँझ बैठक बोलाउने गरी दुई अध्यक्षले समझदार गरेपछि नेताहरूलाई बैठकको खबर आइतबार नै गरिएको हो। एमसीसी कम्याप्ट सम्झौता गत वर्ष (२०६६ असार ३० मा) संसद्मा दर्ता भए पनि पारित हुन सकेको छैन। नेकपाले एमसीसीबारे अध्ययन गर्न केन्द्रीय समितिको निर्णयका आधारमा बरिष्ठ नेता खनालको संयोजकत्वमा स्थायी समिति सदस्यद्वय भीम रावल र प्रदीप ज्ञवाली सदस्य रहेको कार्यदल गठन गरेको थियो।



    कार्यदलले परिमार्जन नभएसम्म जस्ताको तस्तै कम्पाक्ट सम्झौता अनुमोदन गर्न नहुने सुझावसहितको प्रतिवेदन अध्यक्षद्वयलाई गत फागुन ९ मै बुझाइसकेको छ। प्रतिवेदनमा कार्यदल सदस्य परराष्ट्रमन्त्री ज्ञवालीले भने फरक मत राखेका छन्। कार्यदल प्रतिवेदनमा नेकपाभित्र औपचारिक छलफल भएको छैन। प्रधानमन्त्री ओली सम्झौता सदनबाट पारित गर्नुपर्ने पक्षमा लागे पनि अर्का अध्यक्ष दाहाल र बरिष्ठ नेता माधव नेपाल कार्यदल प्रतिवेदनपछि बोलेका छैनन। पूर्वप्रधानमन्त्री खनाललगायत अन्य केही नेताले जस्ताको तस्तै एमसीसी पारित गर्न नहुने पक्षमा छन्। कार्यदलको रिर्पोटको केही न केही अंश सम्बोधन गर्ने र सम्झौता पनि अनुमोदन गराएर जाने गरी मध्यमार्गी बाटोको खोजीमा नेताहरू लागेको एक सदस्यले सुनाए। अन्नपुर्ण पाेष्टबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार