Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

सिमामा खटिएका नेपाली सुरक्षाकर्मीमाथि आक्रमणको प्रयास

काठमाडौं । नेपाल–भारत सीमामा तैनाथ नेपाली सुरक्षाकर्मीमाथि आक्रमणको प्रयास भएको छ ।

भारतीय तस्करको समूहले सोमबार राती झापा गाउँपालिका–१, लसुनास्थित नेपाली सुरक्षाकर्मीमाथि आक्रमण प्रयास गरेका हुन् ।

सशस्त्र प्रहरी बल नेपाल २ नम्बर हेडक्वार्टर झापाका एसपी रेशमकुमार थक्सुले तस्करहरुले आक्रमणको प्रयास गरेको जानकारी दिए ।

अवैध रुपमा सामान छिराउने क्रममा सीमाका सुरक्षाकर्मीले रोक्न खोज्दा भारतीय तस्कर नेपाली सुरक्षाकर्मीमाथि जाईलागेका हुन् ।

प्रहरीले उक्त नाकावाट छिराइएको ठूलो परिमाणको मोटरपार्ट्स र सुर्तीजन्य बस्तु बरामद गरिएको छ ।

लकडाउन खुकुलो बन्दै गएपछि तस्करहरु सल्बलाउन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077