Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

विदेशी बुहारीलाई तत्काल नागरिकता दिनुपर्छः कांग्रेस उपसभापति निधि

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले बिहे गरेर नेपाल आउने महिलालाई तत्काल अंगीकृत नागरिकता दिनुपर्ने घुमाउरो भाषामा माग गरेका छन् । उनले विवाह गरेर आउने विदेशी महिलाको राजनीति अधिकार खोस्न नपाइने समेत माग गरे ।

निधिले सोमबार बिहान ट्वीट गर्दै वैवाहिक अंगीकृत नागरिकताको अधिकार खोस्न नपाइने बताएका हुन् । उनले भारतीय महिलाहरूलाई राजनीतिक अधिकारबाट बञ्चित गर्नै नहुने आफ्नो ट्वीटमा आशय व्यक्त गरेका हुन् ।

‘वर्षौंदेखि कानून सम्मत ढंगले पाइरहेको वैवाहिक अंगीकृत नागरिकताको अधिकार खोस्ने कानून सामाजिक, साँस्कृतिक, राजनीतिक र संवैधानिक व्यवस्थाको विपरीत नै हो’, निधिले भनेका छन् ।

‘नेकपा सरकारको यो कदम प्रतिगामी हो’, उनले भने, ‘अन्तर्ध्वंसी हो, राष्ट्रियहत विपरीत हो । यो स्वीकार्य योग्य छैन ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077