Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • विदेशी बुहारीलाई तत्काल नागरिकता दिनुपर्छः कांग्रेस उपसभापति निधि

    विदेशी बुहारीलाई तत्काल नागरिकता दिनुपर्छः कांग्रेस उपसभापति निधि

    अनलाइन नेपाल
  • सोमबार, ८ असार २०७७
  • 2.9K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले बिहे गरेर नेपाल आउने महिलालाई तत्काल अंगीकृत नागरिकता दिनुपर्ने घुमाउरो भाषामा माग गरेका छन् । उनले विवाह गरेर आउने विदेशी महिलाको राजनीति अधिकार खोस्न नपाइने समेत माग गरे ।

    निधिले सोमबार बिहान ट्वीट गर्दै वैवाहिक अंगीकृत नागरिकताको अधिकार खोस्न नपाइने बताएका हुन् । उनले भारतीय महिलाहरूलाई राजनीतिक अधिकारबाट बञ्चित गर्नै नहुने आफ्नो ट्वीटमा आशय व्यक्त गरेका हुन् ।



    ‘वर्षौंदेखि कानून सम्मत ढंगले पाइरहेको वैवाहिक अंगीकृत नागरिकताको अधिकार खोस्ने कानून सामाजिक, साँस्कृतिक, राजनीतिक र संवैधानिक व्यवस्थाको विपरीत नै हो’, निधिले भनेका छन् ।



    ‘नेकपा सरकारको यो कदम प्रतिगामी हो’, उनले भने, ‘अन्तर्ध्वंसी हो, राष्ट्रियहत विपरीत हो । यो स्वीकार्य योग्य छैन ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार