Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • सिके राउतका विद्यार्थीहरुद्वारा नागरिकता बिधेयकको बिरोध प्रदर्शन

    सिके राउतका विद्यार्थीहरुद्वारा नागरिकता बिधेयकको बिरोध प्रदर्शन

    महेश सिंह
  • सोमबार, ८ असार २०७७
  • 4.9K
    SHARES

    सिरहा । नेकपाको सरकारले वैवाहिक अंगीकृत नागरिकता बिधेयक खारेजीको माग गर्दै जनमत विद्यार्थी संघका विद्यार्थी नेताहरुले सिरहाको लहानमा बिरोध प्रदर्शन गरेका छन् ।

    डाक्टर सिके राउत नेतृत्वका जनमत पार्टीका भातृ संगठन जनमत विद्यार्थी संघका विद्यार्थी नेताहरुले वैवाहिक अंगीकृत नागरिकता सम्बन्धी ल्याएको विधेकप्रति विरोध जनाएका छन् ।



    लहानको पशुपति आदर्श उच्च माध्यमिक विद्यालयबाट निकालिएको बिरोध रयाली नगर परिक्रमा गरी रमेश चौकमा आई कोणसभामा परिणत गरेका थिए ।



    बिरोध रयालिमा पार्टीका युवा नेता बालेश्वर यादव , बिष्णु गुप्ता , जनमत विद्यार्थी संघका केन्द्रिय अध्यक्ष पोषण यादव, संघका केन्द्रिय सदस्य नबरतन साह, महिला विद्यार्थी नेतृ बिनिता कुमारी महतो लगायत सयौं विद्यार्थी नेताहरुको सहभागिता रहेको थियो ।

    कार्यक्रममा ‘बिभेदकारी नागरिकता प्राबधान खारेज गर, खारेज गर , मधेस एकता जिन्दावाद ,महिला हिंसा बन्द गर , मधेसी माथीको बिभेद अनत गर , केपि ओलिको सरकार मुर्दा बाद, महिला लाई हेपन पाईदैन , सबैलाई सम्मान ब्यवहार गर’ लगायतका नारा जयमान गर्दै बिरोध गरेका छन् ।

    शनिवार बसेको नेकपाको सचिवालय बैठकले विदेशी महिलाले नेपाली पुरुषसँग विवाह गरेको ७ वर्षपछि मात्रै वैवाहिक अंगीकृत नागरिकता दिने निर्णय गरेको थियो ।

     

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार