Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

सिके राउतका विद्यार्थीहरुद्वारा नागरिकता बिधेयकको बिरोध प्रदर्शन

सिरहा । नेकपाको सरकारले वैवाहिक अंगीकृत नागरिकता बिधेयक खारेजीको माग गर्दै जनमत विद्यार्थी संघका विद्यार्थी नेताहरुले सिरहाको लहानमा बिरोध प्रदर्शन गरेका छन् ।

डाक्टर सिके राउत नेतृत्वका जनमत पार्टीका भातृ संगठन जनमत विद्यार्थी संघका विद्यार्थी नेताहरुले वैवाहिक अंगीकृत नागरिकता सम्बन्धी ल्याएको विधेकप्रति विरोध जनाएका छन् ।

लहानको पशुपति आदर्श उच्च माध्यमिक विद्यालयबाट निकालिएको बिरोध रयाली नगर परिक्रमा गरी रमेश चौकमा आई कोणसभामा परिणत गरेका थिए ।

बिरोध रयालिमा पार्टीका युवा नेता बालेश्वर यादव , बिष्णु गुप्ता , जनमत विद्यार्थी संघका केन्द्रिय अध्यक्ष पोषण यादव, संघका केन्द्रिय सदस्य नबरतन साह, महिला विद्यार्थी नेतृ बिनिता कुमारी महतो लगायत सयौं विद्यार्थी नेताहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा 'बिभेदकारी नागरिकता प्राबधान खारेज गर, खारेज गर , मधेस एकता जिन्दावाद ,महिला हिंसा बन्द गर , मधेसी माथीको बिभेद अनत गर , केपि ओलिको सरकार मुर्दा बाद, महिला लाई हेपन पाईदैन , सबैलाई सम्मान ब्यवहार गर' लगायतका नारा जयमान गर्दै बिरोध गरेका छन् ।

शनिवार बसेको नेकपाको सचिवालय बैठकले विदेशी महिलाले नेपाली पुरुषसँग विवाह गरेको ७ वर्षपछि मात्रै वैवाहिक अंगीकृत नागरिकता दिने निर्णय गरेको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077