Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

काठमाडौं महानगरको बजेट १६ अर्ब ४२ करोड

काठमाडौं । काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७७/७८ का लागि १६ अर्ब ४२ करोड ७३ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ।

महानगर उपप्रमुख हरिप्रभा खड्गीले बुधबार सबैभन्दा धेरै पूर्वाधार विकास कार्यक्रमका लागि ५ अर्ब ७७ करोड ४५ लाख ८५ हजार रुपैयाँ अर्थात कुल विनियोजित बजेटको ३५ दशमलव १५ प्रतिशत बजेटसहितको बजेट सार्वजनिक गरेकी हुन्।

त्यस्तै महानगरले प्रशासन संचालन तथा चालु खर्चतर्फ महानगरले १ खर्ब ७४ अर्ब ७२ लाख ५० हजार रुपैयाँ अर्थात कुल विनियोजित बजेटको १० दशमलव ६४ प्रतिशत रकम छुट्याइएको छ।

सशर्त योजना तथा कार्यक्रमहरुका लागि महानगरले २ अर्ब ५७ करोड ५१ लाख अर्थात १५ दशमलव ६८ प्रतिशत, सामाजिक विकास शीर्षकमा १ अर्ब ५० करोड ३० लाख अर्थात् ९ दशमलव १५ प्रतिशत र संपदा संरक्षण तथा संवर्द्धन शीर्षकमा १ अर्ब ३४ करोड ४७ लाख अर्थात ८ दशमलव १९ प्रतिशत रकम विनियोजन गरेको छ ।

हनुमान ढोका दरबार क्षेत्र संरक्षण कार्यक्रमका लागि काठमाडौं महानगरपालिकाले ३७ करोड ९४ लाख ६० हजार रुपैयाँ बराबर विनियोजन गरेको छ।

बजेटका लागि महानगरले ६ अर्ब ७६ करोड ६५ लाख रुपैयाँ आन्तरिक स्रोतबाट जुटाउने प्रक्षेपण गरेको छ। यस्तै बाह्य स्रोतमा सशर्त अनुदानबाट २ अर्ब ५७ करोड ५१ लाख र निशर्त अनुदानबाट १ अर्ब ४२ करोड ४८ लाख ९५ हजार रुपैयाँ श्रोत जुट्ने अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077