Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पुलबाट खसेर वेपत्ता युवकको शव भटियो

वालिङ । वालिङ नगरपालिका –५ लसुनेस्थित पक्की पुलबाट मिर्दीखोलामा खसेर गए राति बेपत्ता भएका एक युवकको शव फेला परेको छ ।

अन्दाजी २२ वर्षीय लोकबहादुर थापा दमाईको शव वालिङ–६ ढलेको स्वामीस्थित खोलाको किनारमा आइतबार बिहान फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।

ती युवक रुपन्देही जिल्ला घर भई हाल वालिङ–७ केवरेस्थित भिनाजुको घरमा बस्दै आएका बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077