Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • पूर्वराजाले यस वर्ष जन्मदिन नमनाउने

    पूर्वराजाले यस वर्ष जन्मदिन नमनाउने

    अनलाइन नेपाल
  • सोमबार, १५ असार २०७७
  • 3K
    SHARES

    फाइल फोटो

    काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले यो वर्षको जन्मदिन नमनाउने भएका छन् । देशभर कोभिड–१९ संक्रमण बढिरहेका अवस्थामा आफ्नो जन्मदिन नमनाउने निर्णयमा उनी पुगेका हुन्। तर, घर–परिवारमा सामान्य कार्यक्रम गरी मनाउने तयारी गरिएकाे छ।
    छ ।

    मुलुक कोरोना संक्रमणबाट आक्रान्त परेको अवस्थामा जनता भेला गरेर जन्मदिन मनाउनु उचित नभएकाले ज्ञानेन्द्रले यो वर्षको जन्मदिन मनाउने कार्यक्रम रद्ध गरेका हुन्।



    स्रोतका अनुसार निर्मल निवासभित्र रहेका आफ्ना परिवार र केही उच्च तहका कर्मचारीले भने उहाँलार्ई दाम चढाउने कार्यक्रम रहेको छ । यही २३ गते मंगलबार उनी ७५ वर्ष पूरा हुनेछन्।



    सरकारले १५ जनभन्दा बढी भेला हुन नहुने र भेला हुँदा करिब दुई मिटरको भौतिक दूरी कायम गर्नुपर्ने उल्लेख गरेको छ । यसअघि ज्ञानेन्द्रले निर्मल निवासमा जन्मदिन मनाउँदा सयौं जनताको भीड लाग्ने गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार