Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

नेविसंघको चेतावनी : पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता नलिए निर्णायक संघर्ष

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धीको घोर भत्सर्ना गरेको छ ।

नेविसंघका अध्यक्ष राजीव ढुंगानाले बुधबार एक विज्ञप्ति जारी गरी कोरोना महामारी र लकडाउनले जनताको आर्थिक अवस्था निकै नाजुक भएका बेला पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेर सरकारले जनताको दुःखी रहेको घाउमा नुनचुक छर्किने काम गरेको बताएको छ ।

पेट्रोलियम पदार्थको मूल्य बढ्नु भनेको सामान ढुवानी खर्च वृद्धि भई अन्ततः सम्पूर्ण उपभोग्य वस्तुको बजार मूल्य वृद्धि हुनु हो।

यस बीचमा आकाशिएको मूल्य वृद्धि नियन्त्रण गरी यस्तो महामारीको बेलामा जनतालाई न्यून मूल्यमा उपभोग्य सामाग्री उपलब्ध गराउनुको साटो सरकार जनताबाट कसरी बढी रकम असुल्ने भन्नेमा लाग्नु अत्यन्तै दुःखद् कुरा हो’ विज्ञप्तिमा भनिएको छ ।

सरकारले हिजो राति १२ः ०० बजेबाट लागू हुने गरी गरेको पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता लिन नेविसंघले जोडदार माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077