Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अन्तर्राष्ट्रिय उडान र सीमा नाका साउन ७ गतेसम्म बन्द गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले साउन ७ गतेसम्म अन्तर्राष्ट्रिय उडान र अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्ने निर्णय गरेको छ ।

बिहिबार बसेको मन्त्रिपरिषदको बैठकले अन्तर्राष्ट्रिय उडान र अन्तर्राष्ट्रिय सीमा नाका बन्द साउन ७ गतेसम्म गर्ने निर्णय गरेको सरकारका प्रवक्ता अर्थ सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले जानकारी दिए ।

यस अघि सो प्रावधान असार १५ सम्मका लागि जारी गरिएको थियो ।

अर्थ तथा सञ्चारमन्त्री युवराज खतिवडाले भारतसँगको सीमा बन्द गरिएपनि खाद्यबस्तु तथा मालवाहक ढुवानीलाई भने सहज रुपमा सञ्चालनमा आउने जानकारी गराएका छन् ।

सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गत चैत ११ गतेदेखि अन्तर्राष्ट्रिय सीमा नाकाबाट आवतजावत बन्द गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077