Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • ओली नेतृत्वको सरकारबारे फेरि भ्रम फैलाउँदै भारतीय मिडिया

    ओली नेतृत्वको सरकारबारे फेरि भ्रम फैलाउँदै भारतीय मिडिया

    अनलाइन नेपाल
  • आइतबार, २१ असार २०७७
  • 2.3K
    SHARES

    नयाँदिल्ली । पछिल्लो समय भारतीय मिडियामा प्रधानमन्त्री केपी ओली र उनी नेतृत्वको सरकारबारे विभिन्न किसिमका समाचार सम्प्रेषण हुन थालेका छन् । नेपालको राजनीतिलाई चीन र पाकिस्तानसँग समेत जोडेर समाचार आउन थालेका छन् । यस्तैमा भारतको प्रतिष्ठित सञ्चारमाध्यम ‘इकोनोमिक टाइम्स’ले हालै प्रधानमन्त्री केपी ओलीमाथि एक आरोप सहित विशेष रिपोर्ट तयार पारेको छ ।

    जहाँ ओलीले सत्ता टिकाउन कम्युनिस्ट पार्टी फुटाउन खोजेको दावी गरिएको छ । साथै उनी चीन र पाकिस्तानसँग पनि सम्पर्कमा रेको रिपोर्टमा उल्लेख छ । नेपाल सरकारको पछिल्ला निर्णयमा चिनियाँ दूतावासको पनि हात रहेको उक्त रिपोर्टमा दावी छ । यस्तै चीन र पाकिस्तान समेत ओली सरकारलाई बचाउन लागिपरेको रिपोर्टमा उल्लेख छ ।



    ओलीले राजीनामाको दबाब आएपछि नै बजेट अधिवेशन अन्त्य गर्ने निर्णय गर्न पुगेको रिपोर्टमा छ । र उनले पार्टी फुटाउने अध्यादेश ल्याउँदै गरेको बताइएको छ । रिपोर्टका अनुसार प्रधानमन्त्री ओलीले भारत विरोधी फैसलाका लागि पाकिस्तानका प्रधानमन्त्री इमरान खानसँग सम्पर्क गरेका थिए । रिपोर्टमा उल्लेख छ, ‘हालका दिनमा ओलीले जे फैसला लिएका छन्, त्यसमा काठमाडौँस्थित चिनियाँ दूतावासको पनि हात रहेको छ ।’



    ओलीलाई पार्टीभित्र स्थायी कमिटीका नेताहरुले राजीनामा मागेको जसले गर्दा उनलाई दबाब बढेको पनि रिपोर्टमा उल्लेख छ । ओलीले अघिल्लो साता मात्रै नेपालको भूमि फिर्ता ल्याएकाले भारतले आफूलाई पदबाट हटाउन खोजेको आरोप लगाएका थिए । खासगरी नेपालको नयाँ राजनीतिक नक्सा जारी गरेसँगै विभिन्न टिप्पणी आउन थालेका हुन् ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार