Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • कांग्रेस प्रवक्ता शर्मा भन्छन् : नेकपाभित्रको अन्तरद्वन्द्वलाई नजिकबाट नियालिरहेका छौं

    कांग्रेस प्रवक्ता शर्मा भन्छन् : नेकपाभित्रको अन्तरद्वन्द्वलाई नजिकबाट नियालिरहेका छौं

    अनलाइन नेपाल
  • आइतबार, २१ असार २०७७
  • 2.7K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाली कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सत्तारुढ दलभित्रका गतिविधिहरु नियाल्ने कर्तव्य प्रतिपक्षको भएपनि कुनैपनि प्रकारको भूमिका खोज्न जिम्मेवारी र संस्कारले नदिने बताएका छन् ।

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवादलाई कांग्रेसले नजिकबाट हेरिरहे पनि पार्टीको आवश्यकताको विषय नभएको कांग्रेस प्रवक्ता शर्माको भनाई छ ।



    पार्टी सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गरेको प्रसंगमा प्रवक्ता शर्माले त्यो स्वभाविक भएको बताए । भेटमा प्रधानमन्त्रीले संसदमा भएका विषयवस्तुको चर्चा गर्नुभएको र विधेयकहरुको विषयमा आफ्नो धारणा राख्नुभएको उनले बताए ।



    उनले भने, ‘प्रधानमन्त्रीले भेटौँ भनेर आग्रह गर्दै टेलिफोन गरेपछि प्रतिपक्षी दलको नेताले तपाईलाई हटाउने जस्तो कुरा आइरहेको छ । हाम्रो तपाईसँग एक ढंगको असहमति छ । तपाईसँग विवाद पनि छ ।

    अनेक विधेयक ल्याएर तर्पाइले उनेक उधुम मच्चाउनुभएको थियो । त्यसैले म तपाईलाई भेट्न आउँदिन भन्नुपर्ने थियो भन्ने अपेक्षा कुनै पनि कांग्रेसका नेताहरुले गरेका छैनन् । तर भेटमा के भयो भन्ने कुरा प्रमुख हो ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार