Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

ढलको पानीबाट कोरोना भाइरस सर्दैन : स्वास्थ्य मन्त्रालय

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ढलको पानीमा भएको कोरोना भाइरसले मानिसमा संक्रमण नसार्ने बताएको छ ।

मन्त्रालयको नियमित मिडिया व्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले ढलको पानीमा भेटिएको कोरोना भाइरस मानिसमा नसर्ने दावी गरे ।

सेन्टर फर मलिकुलर डायनामिक्सले गरेको इन्भारोमेन्टल सर्भिलेन्समा काठमाडौं उपत्यकाका विभिन्न स्थानको ढल परीक्षण गर्दा कोरोना भाइरस भएको पत्ता लगाएको थियो ।

काठमाडौंमा ढलको पानीमा कोरोना संक्रमण पुष्टि भएपछि सञ्चारमाध्यमहरुले उक्त विषयमा समाचार प्रकाशित गरेका थिए ।

उनले ढलमा कोरोना भाइरस भेटिएको विषयमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सहयोगमा स्वास्थ्य मन्त्रालयले अनुगमन गर्ने बताए । उनले ढलको पानीमा कोरोना भाइरस भेटिदैमा नडराउन पनि आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077