Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • जम्मु काश्मीरमा गोर्खा सैनिकलाई स्थायी बसोबासको प्रमाणपत्र

    जम्मु काश्मीरमा गोर्खा सैनिकलाई स्थायी बसोबासको प्रमाणपत्र

    अनलाइन नेपाल
  • सोमबार, २२ असार २०७७
  • 2.2K
    SHARES

    एजेन्सी । जम्मु काश्मीरले गत सातादेखि ६ हजार ६ सयभन्दा बढी गोर्खा सैनिकलाई त्यहाँको स्थायी बसोबासको प्रमाणपत्र वितरण गर्न थालेको छ । जसमा अधिकांश अवकाश प्राप्त गोर्खा सैनिकहरु रहेका छन् ।

    उनीहरुले त्यहाँका नागरिकले पाउने सम्पूर्ण सुविधा जस्तै सम्पत्ति आर्जन र किनबेच गर्न पाउने, रोजगारीका लागि आवेदन दिन पाउनेलगायतका सुविधा प्राप्त गर्ने जनाइएको छ ।



    जम्मुकाश्मीरका अतिरिक्त कार्यकारी कमिसनर विजयकुमार शर्माले ५ हजार ९०० भन्दा बढी प्रमाणपत्रहरु जारी गरिसकेको जानकारी दिएका छन् । अन्य करिब ७ सयभन्दा बढी प्रमाणपत्र प्राप्त गर्ने चरणमा रहेको जानकारी दिएका छन् ।



    जम्मुको तेहसिलदारस्थित बाहुका डा. रोहित शर्माले भारतीय सेनामा सेवा गरेका २५ सय गोर्खा सैनिकहरु आफ्नो समुदायमा बसोबास गरिरहेको जानकारी दिएका छन् । जसमा ३५ सय स्थायी बसोबासका लागि आवेदन दिएका थिए भने २५ सय प्राप्त गरिसकेका छन् र अन्य एक हजारजनाको प्रक्रियामा रहेको जनाइएको छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार