काठमाडौं । नेपाल विद्यर्थी संघ (नेविसंघ)ले चिनियाँ राजदूत होउ यान्छीविरुद्ध चिनियाँ दूतावास अगाडि प्रदर्शन गरेको छ ।
चिनियाँ राजदूत यान्छीले कूटनीतिक मर्यादाविपरीत सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेताहरुसँग भेटवार्ता गरेको भन्दै नेविसंघका कार्यकर्ताहरुले दूतावास अगाडि प्रदर्शन गरेका हुन् ।
राजदूत यान्छीले नेकपाभित्र विवाद जारी रहेकै बेला नेताहरुलाई घरमै गएर भेट्न थालेपछि विरोध सुरु गरेको नेविसंघले जनाएको छ । उनीहरुले राजदूत यान्छीको तस्बिर र प्ले कार्डसहित प्रदर्शन गरेका थिए ।
यान्छीले नेकपाका वरिष्ठ नेताहरु माधवकुमार नेपाल र झलनाथ खनालसँग निवासमै पुगेर भेटवार्ता गरेकी थिइन् ।