Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • ‘मोस्ट वान्टेड’ विकास दुवेका सहयोगी इन्काउन्टरमा मारिए

    ‘मोस्ट वान्टेड’ विकास दुवेका सहयोगी इन्काउन्टरमा मारिए

    अनलाइन नेपाल
  • बुधबार, २४ असार २०७७
  • 3K
    SHARES

    कानपुर। भारतको कानपुर जिल्लामा  ८ प्रहरीको हत्यामा संलग्न ‘मोस्ट वान्टेड’ विकास दुवेका नजिकका सहयोगी अमर दुबे प्रहरीसँगको इन्काउन्टरमा मारिएका छन्। उत्तर प्रदेश प्रहरीको विशेष टास्क फोर्सले अमर दुबेलाई हमिरपुरमा मारेको हो। उनी कानपुरको चौबेपुरको विक्रु गाउँमा भएको गोलकाण्डमा संलग्न थिए र उनलाई विकास दुवेको दाहिने हात पनि भनिन्थ्यो।

    प्रहरीले अमर दुबेलाई जीवित वा मृत्यु ल्याउनेलाई २५ हजार पुरस्कार दिने घोषणा पनि गरेको थियो। जुलाई २ तारिकमा विकास दुवे गिरोहले विक्रु गाउँमा प्रहरी टोलीमाथि गोली चलाएको थियो। आक्रमण ८ जना प्रहरीको मृत्यु भएको थियो।



    एडीजी एलओ प्राशन्त कुमारले बुधबार विहान प्रहरी कारवाहीमा अमर दुबे मारिएको जानकारी दिएका हुन्। अमर दुबे हमिरपुरमा भएको सूचना पाएपछि बुधबार विहानै प्रहरी घटनास्थलमा पुगेको थियो। अमर दुबेलाई प्रहरीले आत्मसमर्पण गर्न आग्रह गर्दा उनले अस्वीकार गरेका थिए। त्यसपछि प्रहरी कारवाहीमा उनको मृत्यु भएको भारतीय संचारमाधमहरुले जनाएका छन् ।



     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार