Online Nepal
  • बुधबार, ९ जेष्ठ २०८१
  • भारतीय च्यानल जी न्युजका प्रधानसम्पादकले माफी माग्दै हटाए ट्वीट

    भारतीय च्यानल जी न्युजका प्रधानसम्पादकले माफी माग्दै हटाए ट्वीट

    अनलाइन नेपाल
  • शुक्रबार, २६ असार २०७७
  • 3.9K
    SHARES

    काठमाडाैँ । पछिल्लाे समय भारतीय टेलिभिजन च्यानलमा नेपालबारेमा निराधार समाचार प्रशारण भइरहेका छन्। साेही क्रममा भारतीय टेलिभिजन च्यानल जी न्युजमा पनि निराधार समाचार प्रशारण भएपछि त्यहाँका प्रधान सम्पादक सुधीर चौधरीले नेपालीहरुसँग माफी मागेका छन्।

    उनी नेपालीहरुसँग माफी माग्दै यसअघि नेपालकाे बारेमा गरेका सबै ट्वीट हटाएका छन्। जी न्युजकै प्रान्तीय च्यानलले प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राजदूत होउ यान्छीको चरित्रहत्या गर्ने उद्देश्य स्वरुप भिडियो स्टोरी प्रशारण गरेपछि केही नेपाली डिटिएच र केबल अपरेटरहरुले भारतीय न्युज च्यानल प्रशारण बन्द गरेका थिए।



    लगत्तै प्रधानसम्पाद सुधिरले ट्वीट गर्दै नेपालीहरु भारतीय समाचारवाचकहरुसँग डराएको प्रतिक्रिया दिएका थिए। त्यस्तै उनले बिहिवारको ट्वीटमा उनले सेना परिचालन हुने अवस्था नै नआइकन नेपाल समाचारवाचकहरुसँग डराएको अभिव्यक्ति दिएपछि यसकाे सबैतिर अालाेचना भइरहेकाे छ।सुधिरले संचालन गर्दै आएको कार्यक्रमलाई भारतमै राम्रो मानिदैन।



    उनले प्रशारण गर्ने कन्टेन्टहरु प्रो मोदी हुने भएकाले धेरैले आलोचना गर्दै आएका छन्। त्यसैले भारतीयहरुले नेपालमामात्रै नभइ भारतमा समेत जी न्युजसहितको भारतीय न्युज च्यानल प्रतिबन्ध लगाउनुपर्ने भन्दै सुधिरलाई ट्वीटको उत्तर दिएका थिए।

    शुक्रवार भने सुधीरले नेपालप्रति दिएको उक्त अभिव्यक्तिप्रति क्षमा मागेका छन्। उनले नेपालमा भारतीय न्युज च्यानल बन्द गरेको खबर पाएपछि आवेशमा आएर अनावश्यक प्रतिक्रिया दिएको बताए।

    ‘यस ट्वीटबाट हाम्रा नेपाली दर्शकलाई आहत भएको छ। यो मञ्च अभिव्यक्ति दिनका लागि हो कसैलाई आहत बनाउन होइन। यसैले म खेद व्यक्त गर्दै उक्त ट्वीट हटाउँदैछु,’ उनले लेखेका छन्। लगत्तै सुधीरले नेपालीहरुलाई अपनामजनक शब्द प्रयोग गरेर गरेको ट्वीट हटाएका छन्।

    नेपाल र भारतबीच सीमा विवाद भइरहेको बेला सुधिरले ‘डिएनए’ भन्ने कार्यक्रममा दुवै देशको सेनाको अवस्था तुलना गरेर द्वन्द भए नेपालको अवस्था कमजोर हुने प्रतिक्रिया समेत दिएका थिए।

    चीनसँग गालवन उपत्यकामा हिंसात्मक झडप भएपछि भारतले टिकटकसहितको चिनियाँ एपहरुमाथि प्रतिबन्ध लगाएको थियो। भारतीयहरुले मोदी सरकार टिकटकसँग डराएको भन्दै उनको आलोचना गर्न सुरु गरे।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार