Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पूर्वमन्त्री शाहीलाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री जीवनबहादुर शाहीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

दुई दिन अघि गरिएको स्वाव परीक्षणमा कर्णाली प्रदेशसभा प्रतिपक्ष दलको नेता समेत रहेका शाहीलाई कोरोना संक्रमण पुष्टि भएको कर्णाली प्रदेश स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।

संसदीय समितिका विभिन्न बैठकमा जाने आउने गरेका शाही संसद बैठकमा सोत उपस्थित भएका थिए ।

शाहीमा कोरोना संक्रमण देखिएपछि प्रदेशसभा सदस्य तथा सचिवालयमा त्रास छाएको छ । शाहीको सम्पर्कमा आएका व्यक्तिको कारोना परीक्षण गरिने डा. तिवारीले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077