Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

यातायात क्षेत्रका समस्या समाधान गर्ने प्रधानमन्त्रीको आश्वसन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक यातायात सञ्चालनका लागि सरकारले सहयोग गर्ने आश्वसन जनाएका छन् ।

कोरोना महामारीपछि यातायात सञ्चालनमा देखिएका समस्याबारे ज्ञापनपत्र बुझाउन गएको यातायात व्यवसायी र मजदुर संगठनका नेताहरुको प्रतिनिधि मण्डलसँग प्रधानमन्त्री ओलीले महामारीले प्रभावित भएका सबै क्षेत्रका समस्या सामर्थ्यअनुरुप समाधान गरिने बताए ।

प्रधानमन्त्री ओलीले कोभिड–१९ को महामारीपछि दैनिक जीवन, अर्थतन्त्र, सेवा र रोजगारीसम्बन्धी सबै क्षेत्र प्रभावित भएको बताउँदै सार्वजनिक यातायात सञ्चालनमा देखिएका समस्या समाधान गर्न पहल गर्ने प्रतिबद्धता जनाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077