Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

२५ लाख नतिरेको भन्दै अपहरण गर्ने सातजना पक्राउ

काठमाडौं । काठमाडौंबाट आज बिहान अपहरणमा परेका व्यक्तिको लोकन्थलीबाट सकुशल उद्धार गरिएको छ ।

महानगरीय अपराध महाशाखाको टोलीले टोखाबाट अपरहरणमा परेका जनकपुरका रामबाबु साहको सकुशल उद्धार गरेको हो । महाशाखाका एसएसपी दिपक थापाका अनुसार साहलाई ५ जनाको समूहले गाडीमा हालेर लगेका थिए । तर रामबाबुले नै लामो समयदेखि जग्गाको बैना लिएर अर्कैलाई जग्गा बेचेको पाइएको छ ।

एसएसपी थापाले भने,“अपरहणमा परे पनि साहको ठग्ने नियत देखिन्छ । साहले अपहरणकारी भनिएका व्यक्तिबाट मनहरा फाँटको ८ आना जमिनको वैनावापत २५ लाख लिएका रहेछन् । तर जमिन अर्कैलाई बेचेको र रकम फिर्ता नगरेको पाइयो ।”

थापाका अनुसार साहलाई लगेर लोकन्थलीस्थित आशालाल प्रजापतिको घरमा राखिएको थियो । सोही घरबाट ३ घण्टामै उद्धार गरिएको हो । महाशाखाले साह र प्रजापतिसहित ७ जनालाई पक्राउ गरेको छ । घटनाबारे अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077