Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • सिन्धुपाल्चोकका पहिरो पीडितको घर प्रदेश सरकारले बनाईदिने

    सिन्धुपाल्चोकका पहिरो पीडितको घर प्रदेश सरकारले बनाईदिने

    अनलाइन नेपाल
  • शुक्रबार, २ साउन २०७७
  • 3.3K
    SHARES

    फाइल तस्विर

    हेटौंडा । बाढी पहिरोबाट पूर्णरुपमा क्षति भएका सिन्धुपाल्चोकका घरहरु बागमती प्रदेश सरकारले निर्माण गरिदिने भएको छ ।

    बागमती बिपद ब्यबस्थापन निर्देशक समितिको शुक्रबार बसेको बैठकले स्थानीय तहले उपलब्ध गराउने जग्गामा प्रदेश सरकारले पीडितहरुका लागि घर निर्माण गरिदिने निर्णय गरेको मुख्यमन्त्री डोरमणि पौडेलले जानकारी दिए ।



    सिन्धुपाल्चोकका बाढी पहिरो पीडितहरुलाई तत्काल राहत पनि उपलब्ध गराउने भएको छ । समितिका अध्यक्ष प्रदेशका मुख्यमन्त्री पौडेलको अध्यक्षतामा बसेको बैठकले क्षतिको अवस्था हेरी तत्काल स्थानीय तहमार्फत राहत उपलब्ध गराउने प्रक्रिया अगाडि बढाएको हो ।



    समितिले बारबिसे नगरपालिकामा ३० लाख, भोटेकोशी गाउँपालिकामा १५ लाख र जुगल गाउँपालिकामा १० लाख राहत रकम उपलब्ध गराउने निर्णय गरेको मुख्यमन्त्री पौडेलले जानकारी दिए ।

    यस्तै यस अघि प्रदेश सरकारले निर्णय गरेको मृतकका परिवारलाई राहत रकम १ लाख रुपैयाँ पनि तत्काल उपलब्ध गराईने समितिले जनाएको छ । आईतबारसम्म राहत रकम स्थानीय तहमा पठाईने आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार