Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

केही दिनभित्रै सार्वजनिक यातायात चल्ने

काठमाडौं । यातायात व्यवसायीले केही दिनभित्रै सार्वजनिक सवारी चलाउने जनाएका छन् । मौद्रिक नीतिले यातायात व्यवसायीको धेरैजसो माग सम्बाधेन गरेको भन्दै अब सार्वजनिक सवारी साधन चलाउन तयारी थालेका हुन् ।

उनीहरुले बैंकको किस्ता सार्नुपर्ने, सुहलियत ब्याजदरको पुनर्कर्जा दिनुपर्ने लगायतका माग राखेका थिए । मौद्रिक नीतिले माग सम्बोधन गरेपछि अब सार्वजनिक यातायात खुलाउन व्यवसायीहरु तयारीमा जुटेका हुन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले २–३ दिनभित्रै सार्वजनिक सवारीहरु चलाउनेबारे निर्णय हुने बताए ।

अब सरकारले सवारी सञ्चालन गर्दा अपनाउनुपर्ने मापदण्डबारे थप स्पष्ट गर्नासाथ सबै कम्पनीहरूले सवारी चलाउने महासचिव सिटौला बताउँछन् ।

महासचिव सिटौलाले भविष्यमा कोरोना समुदायमा फैलिएर सार्वजनिक यातायातलाई अपजस नआउने गरी स्वास्थ्य मापदण्ड बन्नुपर्ने र सबैको जिम्मेवारी स्पष्ट गरेर जानुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077