Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बारामा नक्कली नेपाली र भारतीय नोटसहित ३ जना पक्राउ

बारा । लागुऔषध नियन्त्रण व्यूरो कोटेश्वर काठमाण्डौ र जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको संयुक्त प्रहरी टोलीले नक्कली नोटसहित ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्ला कै आदर्शकोतवाल गाउँपालिका-६ बस्ने ३० वर्षीय नरेन्द्र प्रसाद कुशवाहा, सिम्रौनगढ नगरपालिका-५ बस्ने २६ वर्षीय मनोज कुमार साह तेली  र भारत बिहार मोतिहारी जिल्ला पुर्वी चम्पारण थाना झरौखर ग्राम कोरैया वडा नं. १० बस्ने २५ वर्षीय सुधिर कुमार कुशवाहा छन् ।

लागुऔषध खरिद बिक्री , संचय र ओसारपसार कार्य गर्दछन भन्ने विशेष सूचनाको आधारमा शनिबार लागुऔषध नियन्त्रण व्यूरो कोटेश्वर काठमाण्डौ र जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले महागढीमाई नगरपालिका-२ स्थित बरियारपुर चोकमा उनीहरूलाई नियन्त्रणमा लिई चेकजाँच गर्ने क्रममा नेपाली नोट १०००/- दरको १४६५ थान, १००/- दरको ७४६ थान, नक्कली भारतीय नोट ५००/- दरको २८४ थान, ५०/- दरको ७०६ थान फेला परेको हो ।

उनीहरुलाई सो रकमसहित पक्राउ गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी कृष्ण पगेनीले वताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077