Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

कोरोनाको उच्च जोखिम टरिसकेको छैन : स्वास्थ्य मन्त्रालय

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना संक्रमितको संख्या कम भए पनि संक्रमणको अवस्था भने उच्च जोखिममै रहेको स्पष्ट पारेको छ ।

नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले नेपाल कोरोना संक्रमणको उच्च जोखिममा रहेको भन्दै विदेशबाट फर्कने सबैको पीसीआर परीक्षण गर्ने जानकारी दिए ।

प्रवक्ता डा. गौतमका अनुसार हवाई मार्गमार्फत विमानस्थलबाट आउनेको हकमा ५ दिन होल्डिङ सेन्टरमा बसेपछि र भारतबाट आउनेको हकमा सम्बन्धित नाका तथा क्षेत्रमा रहेका क्वारेन्टीइनमा पीसीआर परीक्षण गर्ने निर्णय भएको हो ।

‘विदेशबाट आउने सबैको परीक्षण गरेपछि मात्र स्थानीय तहमा पठाउने निर्णय भएको हो,’ नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिए ।

परीक्षणका विषयमा भएका टिकाटिप्पणीप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको भन्दै उनले परीक्षणको दायर विस्तार गरिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077