Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • देवताल गाउँपालिकामा अनिश्चितकालीन निषेधाज्ञा

    देवताल गाउँपालिकामा अनिश्चितकालीन निषेधाज्ञा

    अनलाइन नेपाल
  • सोमबार, ५ साउन २०७७
  • 3.7K
    SHARES

    काठमाडौं । जिल्ला प्रशासन कार्यालय बाराले देवताल गाउँपालिकामा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ । सोमबार बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले सूचना जारी गर्दै गाउँपालिकाको कार्यालय र वडा कार्यालयहरुबाट प्रदान हुँदै आएका सबै सेवाहरु अर्काे सूचना नहुँदासम्म बन्द गर्न निर्देशन दिँदै निषेधाज्ञ जारी गरेका हुन्

    गाउँपालिकाका ७४ जनाको स्वाबको पीसीआर परीक्षण गर्दा ११ महिलासहित ४६ जनामा कोरोना संक्रमण पुष्टि भएपछि निषेधाज्ञा जारी गर्नु परेकाे प्रजिअकाे भनाइ छ।



    छिमेकी नगरपालिका र गाउँपालिकाबाट देवताल प्रवेश गर्न र गाउँपालिकाभित्र हुने दैनिक आवतजावत् र सवारीसाधन सञ्चालनमा समेत पूर्णरुपमा निषेध गरिएको छ । हाटबजारसहितका अन्य सबै पसलहरु बन्द गर्न निर्देशन दिइएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार