Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • विराटनगरमा दुई महिनासम्म निषेधाज्ञा, सभा‚ जुलुस र प्रदर्शन गर्न रोक

    विराटनगरमा दुई महिनासम्म निषेधाज्ञा, सभा‚ जुलुस र प्रदर्शन गर्न रोक

    अनलाइन नेपाल
  • आइतबार, ३१ भाद्र २०८०
  • 1.7K
    SHARES

    विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले मंगलबारदेखि लागू हुनेगरी विराटनगरमा दुई महिना निषेधाज्ञाको आदेश जारी गरेको छ ।

    महानगरलाई केन्द्र बनाएर विभिन्न समूहले गर्ने धर्ना र जुलुस‚ प्रदर्शनलाई निस्तेज पार्न प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले आइतबार सूचना जारी गरेका हुन् ।



    महानगरलाई केन्द्र बनाएर विभिन्न समूहले गर्ने धर्ना र जुलुस‚ प्रदर्शनलाई निस्तेज गर्न असोज २ गते बिहान ६ बजेदेखि दुई महिनाका लागि विराटनगरमा निश्चित स्थानमा निषेधाज्ञा जारी गरिएको सूचना उल्लेख छ ।



    स्थानीय प्रशासनको निषेधाज्ञाका कारण यो अवधिमा पर्ने कुनै पनि चाडपर्व महानगरवासीले निषेधाज्ञाको घेरामा रहेर मनाउनु पर्ने भएको छ ।

    पहिचानवादी र जनता समाजवादी पार्टीको सम्भावित आन्दोलन, धर्ना र जुलुसलाई मध्यनजर गर्दै महानगरका निश्चित स्थानमा निषेधाज्ञा जारी गरिएको प्रजिअ यादवको प्रस्टीकरण छ । विगतमा पनि महानगरका निश्चित स्थानमा अघोषितरुपमा निषेधाज्ञा थियो । यसपालि ती स्थानमा समयावधि घोषणा गरेर निषेधाज्ञा जारी गरिएको हो ।

    प्रशासनले महानगरको देवकोटा चोकदेखि पश्चिमको अस्पताल चोक, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, रोडशेष चोकदेखि दक्षिण जतुवा चोक, मुख्यमन्त्री निवासको तीन सय मिटर वरपरको क्षेत्र, प्रदेश प्रमुखको कार्यालयदेखि तीन सय मिटर वरपर र जिल्ला प्रशासन कार्यालय आसपासका क्षेत्रमा निषेधज्ञा आदेश जारी गरेको छ । उक्त स्थानमा सर्वसाधारण र सवारी साधन आवतजावतबाहेक कुनै पनि किसिमका सभा, जुलुस, भेला र र्‍याली निकाल्न निषेध गरिएको सूचनामा छ ।

    विराटनगर महानगरको नगर सुरक्षाकर्मीले जनता समाजवादी पार्टी मोरङका अध्यक्ष राजकुमार यादवलाई दुर्व्यवहार गरेका थिए । घटनाविरुद्ध उक्त पार्टीका कार्यकर्ताले पनि प्रदर्शन गर्ने तयारी गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार