Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • छात्रामाथि हातपात गरेको आरोपमा होस्टल सञ्चालक पक्राउ

    छात्रामाथि हातपात गरेको आरोपमा होस्टल सञ्चालक पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, ३० फाल्गुन २०८०
  • 684
    SHARES

    फाइल तस्विर

    विराटनगर। होस्टलको पैसा नतिरेको भन्दै तीन जना छात्रालाई हातपात गर्ने एक होस्टल सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–८ मधुमारास्थित मुनलाइट गल्र्स होस्टलकी सञ्चालक मधु रेग्मी रहेकी छन् ।



    उनलाई प्रहरीले आज दिउँसो पक्राउ गरेको हो । रेग्मीले मंगलबार साँझ विराटनगर नर्सिङ क्याम्पसमा अध्ययनरत तीन जना छात्रामाथि होस्टलको कोठाभित्र हातपात र दुर्व्यवहार गरेकी थिइन् ।



    रेग्मीले छात्रामाथि गरेको दुर्व्यवहारका भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । पीडित छात्राले प्रहरीमा दिएको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ ।

    पक्राउ परेकी रेग्मीलाई अभद्र व्यवहारको मुद्दामा म्याद थप गरेको छ । रेग्मीले होस्टेलमा बसिरहेका विद्यार्थीबाट अग्रिम भाडा रकम दिन नमानेको भन्दै विद्यार्थीका सामान कोठाबाट बाहिर फ्याँक्दै हातपातसमेत गरेकी थिइन् ।

    दुर्व्यवहारमा पर्ने छात्राहरूमा विराटनगर नर्सिङ क्याम्पस पहिलो वर्षमा भर्ना भएका जुम्ला, पाल्पा र कञ्चनपुर घर भएका विद्यार्थीहरू हुन् । होस्टेलमा फागुन ३ गतेदेखि उनीहरू बसिरहेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार