Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • बालिका बलात्कारको आरोपमा घरबेटी पक्राउ

    बालिका बलात्कारको आरोपमा घरबेटी पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, १९ पुष २०८०
  • 1.3K
    SHARES

    संकेतिक तस्विर

    विराटनगर । बालिकालाई बलात्कार गरेको आरोपमा मोरङ प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

    अभिभावकसँग डेरा गरी बस्ने १० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सुन्दरहरैँचा नगरपालिका–१० का ५५ वर्षीय पदम मगरलाई पक्राउ गरेको हो ।



    मगर घरबेटी हुन्। धनकुटा घर भएकी बालिकाका हजुरबुबा र हजुरआमासँग मगरको घरमा डेरा बस्दै आएकी थिइन् ।



    डेरा बस्दै आएकी बालिकालाई मगरले पटकपटक बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

    कसैलाई भने कुटपिट गर्ने धम्की दिएर मगरले बलात्कार गरेको प्रारम्भिक अनुसन्धानका क्रममा देखिएको मोरङ प्रहरीले जनाएको छ।

    बालिकालाई जवरजस्ती लिएर जान खोज्दा बालिकाकी हजुरआमाले बुधबार दिउँसो देखेपछि घटना बाहिर आएको थियो ।

    त्यसपछि सोधीखोजी गर्दा मंगलबार र त्यसअघि पनि पटकपटक बलात्कार भएको खुलेको प्रहरीले बताएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार