Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • ‘ब्ल्याकमेल’ गरेर नेपाली युवतीलाई यौन शोषण गरेको आरोपमा एक भारतीय पक्राउ

    ‘ब्ल्याकमेल’ गरेर नेपाली युवतीलाई यौन शोषण गरेको आरोपमा एक भारतीय पक्राउ

    अनलाइन नेपाल
  • शनिबार, २८ पुष २०८०
  • 720
    SHARES

    संकेतिक तस्विर

    विराटनगर । सामाजिक सञ्जालमा ‘ब्ल्याकमेल’ गर्दै युवतीहरुमाथि बारम्बार यौन शोषण गरेको आरोपमा विराटनगरबाट एक जना भारतीय नागकि पक्राउ परेका छन्।

    पक्राउ पर्नेमा भारतको जोगवनीका २६ वर्षीय रवि कुमार रहेका छन् । विराटनगरको महेन्द्र चोकबाट उनलाई पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ ।



    रवि कुमारलाई पक्राउ गरेर आवश्यक अनुसन्धान एवं कारबाहीका लागि काठमाडौं पठाइएको छ। पीडित युवतीबाट उनीविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा जरबजस्ती करणीको जाहेरी परेको छ।



    जाहेरीका आधारमा प्रहरीले पक्राउका लागि अदालतबाट अनुमति लिएको थियो। काठमाडौं प्रहरीले मोरङ प्रहरीसँगको समन्वयमा रवि कुमारलाई पक्राउ गरेको हो।

    रवि कुमारले यौन सम्बन्ध बनाएको भिडियोसमेत खिचेर युवतीलाई ट्रयापमा पार्दै ‘ब्ल्याकमेल’ गर्ने गरेको प्रहरीले जनाएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट उनले हालसम्म १५ जनाभन्दा बढी नेपाली युवतीलाई ट्रयापमा परिसकेको खुलेको छ।

    प्रहरीका अनुसार उनले त्यसरी नै ‘ब्ल्याकमेल’ गर्दै ट्रयामा पारेर एक युवतीलाई शुक्रबार विराटनगर बोलाएका थिए। तिनै युवतीलाई भेट्न आएका बेला रवि कुमार पक्राउ परेका हुन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार